एक हजार ६सय ४० चालक कारवाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाहीमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार कारवाहीमा पर्नेहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, लेन अनुशासन उल्लंघन गर्ने एक सय ६१ जना छन् ।
त्यस्तै निषेधिक स्थानमा पार्किङ गर्ने ११५, जथाभावी हर्न बजाउने ४५, अन्य विभिन्न शीर्षकमा एक हजार २ सय ४६ चालक कारवाहीमा परेका छन् ।
सोमबार उपत्यकामा सवारी नियम उल्लंघन गर्ने एक हजार ५९१ चालक कारवाहीमा परेका थिए ।
प्रतिक्रिया दिनुहोस्