गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुलाई कांग्रेसले प्रशिक्षण दिने

काठमाडौं , असोज ३० । नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेसले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई प्रशिक्षण दिने भएको हो ।

कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई कात्तिक १ र २ गते भक्तपुरमा प्रशिक्षण दिन लागिएको हो ।

प्रशिक्षण कार्यक्रममा अध्यक्ष–उपाध्यक्षसँगै सम्बन्धित गाउँपालिकाका पार्टी सभापतिहरु र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुलाई पनि प्रशिक्षण दिइने कांग्रेसले जनाएको छ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको कांग्रेस पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको कांग्रेस पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।


भक्तपुरको मध्यपुरथिमी नगरपालिकाको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुलाई दुई दिन प्रशिक्षण दिन लागिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्