सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी

काठमाण्डौ , असोज ३० । सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको छ ।
विश्व ट्रमा दिवसको अवसर पारेर बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरिएको बताएका छन् ।


देश संघीयतामा गैसकेकाले त्यहीअनुसारको स्वास्थ्य संस्थाहरुको स्थापना गर्न सरकार लागिपरेको राज्यमन्त्री यादवले बताए ।


सरकारले सबै प्रदेशमा स्वास्थ्य प्रयोगशालाहरुको स्थापनाको कामलाई सुरु गरेको पनि उनले बताए ।


राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको दोेर्होयाउदै आवश्यक नीति नभएका कारण कतिपय स्वास्थ्य संस्थाहरु चाहेर पनि बनाउने अवस्थामा नरहेको स्पष्ट पारे ।


कार्यक्रममा राज्यमन्त्री यादवले वीर अस्पतालमा रहेको राष्ट्रिय ट्रमा सेन्टरलाई विश्वस्तरको सेवा, सुविधायुक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्