फागुनभित्रै गौतमवुद्ध विमानस्थल संचालनमा ल्याउने तयारी , काम धमाधम अगी बढ्दै
काठमाडौं , असोज २९ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल फागुनभित्रै संचालनमा ल्याउने गरि निमार्ण कार्यले गति लिन थालेको छ । निर्माणका लागि आवश्यक उपकरण आउन पनि सुरु भएको छ भने फागुनभित्र विमानस्थल संचालनमा ल्याउने गरि काम अघि बढाइएको आयोजनाक प्रमुख प्रवेश अधिकारीले बताएका छन् ।
दशैंमा समेत निर्माणका काम नरोकिएर निरन्तर चलेको उनले बताए ।
उनले भने अहिले सेन्ट्रल एसी, प्यासेन्जर इन्फरमेसन सिस्टम, सीसी क्यामरा लगायत विभिन्न उपकरण आइसकेका छन्। एलिभेटर र ब्यागेज ह्याण्डलिङ उपकरण आउन बाँकी छ। उपकरण आएको दुई महिनामा जडानको काम सकिनेछ,’
अधिकारीका अनुसार हाल टर्मिनल भवन, कन्ट्रोल टावरसँगै कार पार्किङ क्षेत्रको काम अगाडि बढिरहेको छ।एक साता अगाडी पर्यटन मन्त्री योगेश भट्टराईसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सहितको टोलीले विमानस्थल निर्माण अवलोकन गरेको थियो।
हाल विमानस्थलको धावनमार्गको मार्किङको काम ९५ प्रतिशत सकिएको छ भने धावनमार्गमा राखिने एयरफिल्ड लाइट भने आउने क्रममा रहेको प्रमुख अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्