टीका पुन जस्तै आवाज भएकी अर्की गायिका शर्मीला अर्यालको गीतले चर्चा कमाउँदै (भिडियोसहित )

काठमाडौं, असोज २९ । सञ्चारकर्मी तथा गायिका शर्मीला अर्यालको स्वरमा रहेको दोस्रो सांगीतीक कोशेली ‘लाउछ भने माया’ लोग गीत सार्वजनिक भएको छ ।

निकै मन छुने मार्मीक नयाँ लोक दोहोरी गीत लाउछ भने माया भर्खरै मात्रै बजारमा आएको हो । गीतमा स्वर अर्याल र भुपराज न्यौपानेकोे रहेको छ ।

आफ्नो स्वरमा रहेको यो दोस्रो गीत यसरी बजारमा आउदा आफुलाई निकै खुशि लागेको र आफ्नो स्वरलाई दर्शकले रुचाएको अर्याले बताएकी छन्।
आफ्नो गीतसंगीतको सपना विस्तारै पुरा हुँदै जान थाालेको सुनाउर्दै उनले भनीन् यो गीतलाई पनि मनपराउनुहुने छ भन्ने आशामा छु ।


आगामी दिनमा पनि दर्शकको लागि निरन्न्तर कोसेली लिएर आउने उनले बताएकी छन् ।

उनले बजारमा आएका गीतलाई जस्तै यो गीतलाई पनि माया गरि दिन आग्रह गरिकी छन् ।
गीत बजारमा आएसंगै सा्रेता दर्शकले निकै रुचाएका छन भने राम्र्रो प्रतिक्रीया पनि दिएका छन् ।

गतिमा लय सागर बीरहीको रहेको भने शब्द तिलक भट्टाई अन्जानको रहेको छ । गित अबिरल फिलीम्सबाट बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्