नेपाल राष्ट्र बैंकले दियो नेपाली हजारको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं, असोज २९ । अब नेपली हजारको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिइने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ । यसै निर्णय अनुसार अब देखि एक हजारको नोट चिनियाँ कम्पनीले छाप्ने भएको हो ।


हजार दरको ३१ करोड थान नोट छपाइ तथा डिजाइनका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई जिम्मा दिने निर्णय गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कम्पनीले ९१ लाख ९० हजार डरलमा नोट छापेर नेपाल पठाउँने छ ।

प्रतिक्रिया दिनुहोस्