महरालाई थप ३ दिन हिरासतमा राख्न अदालको अुनमति

काठमाडौं , असोज २८ । जिल्ला अदालत काठमाडौंले निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा छन्।


महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।


जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो ।

महरा १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । तर, अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन ।

त्यसैले आजसम्मका १० दिनका पनि जोडिने गरी म्याद थप भएको छ ।

त्यसपछि अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक निर्णय गर्नेछ ।
दसैं बिदाका समयमा पक्राउ परेका महरा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा निवासबाटै पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्