कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधी खुवाइने

काठमाडौं , असोज २८ । सरकारले कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधी खुवाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै पालिकाका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको जनाएको छ ।


मन्त्रालयले स्थानीय तहबाट सहयोग समन्वय तथा प्रचारप्रसार तथा आवश्यक सहजीकरणको लागि अनुरोध समेत गरेको छ । साथै समन्वयका लागि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्