डा. केसीको सुनुवाई बुधबार मात्रै

काठमाडौं । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर गोविन्द केसीको सुनुवाई बुधबार मात्र हुने भएको छ ।

मंगलबार बयान लिइएको र बुधबारदेखि सुनुवाई हुने सर्वोच्च प्रशासनले जनाएको छ । आफ्नो लिखित बयानमा डाक्टर केसीले आफूले नभई प्रधानन्याधीस गोपाल पराजुलीले अदालतको अवहेलना गरेको जिकिर गरेका छन् ।

डाक्टर केसीको सुनुवाईका लागि सर्वोच्चले आज न्यायाधीस ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलास तोकेको छ । भोली मात्र सुनुवाई शुरु हुने भएपछी डाक्टर केशी आजपनि प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्