म्याद थपका लागि महरालाई अदालत लगियो, अब के होला ?

काठमाण्डौ , असोज २८ । पदबाट राजिनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महारालाई अदालत लगिएको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका महरालाई म्याद थपका लागि अदालत लगिएको हो ।

गएको १९ गते सरकारी निवासबाटै पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै मंगलबार म्याद थपका लागि अदालत लगिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याविनमा राखेर उपचार भइरहेको छ । प्रहरीले म्याद थपका लागि अस्पतालबाटै महरालाई जिल्ला अदालत काठमाण्डौ लगेको हो ।

महराले आफूलाई जबर्जस्ती गरेको भन्दै महिलाको भिडियो सार्वजनिक भएपछि सभामुख पदबाट राजीनामा दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएको थियो ।

त्यसलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्