भारतीय गायक टोनी कक्कर नेपाल आउँदै

काठमाडौं, असोज २७ । भारतीय गायक टोनी कक्कर नेपाल आउन लागेका छन् । उनी अक्टुबर २५ मा क्लब फरेनहाइटमा आयोजना हुने एक कार्यक्रमका लागि नेपाल आउने भएका हुन् । क्लबले यसअघि गायक आदित्य नारायण झालाई प्रस्तुत गरेको थियो ।

टोनीले आफ्नो चर्चित गीत संगीतमार्फत दर्शकलाई झुमाउनेछन् । उनी गत सेप्टेम्बर मै आउने तय थियो । तर अन्तिम समयमा प्राविधिक समस्याले गर्दा आउन पाएनन् । उनले आफ्नो नेपाल यात्राको बारेमा सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन् ।

‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत गाएर दर्शकको मन जितेका टोनीलाई सी एन आई इभेन्ट्सको आयोजनामा नेपाल ल्याउन लागिएको हो । टोनी आफैमा राम्रो कम्पोजर र लिरिसिस्ट पनि हुन् ।

उनले फिल्ममा गीतमा कम्पोज गर्नु र स्वर दिनुका साथै आफ्नै सिंगल ट्रयाकहरु पनि सार्वजनिक गरेका छन्, जसलाई दर्शक तथा श्रोताले रुचाएका छन् । पछिल्ला वर्षहरुमा भारतका चर्चित गायक–गायिकादेखि नायक–नायिका नेपाल आउने क्रम बढेको छ ।


पछिल्लो समय नेपालमा भारतिय सेलिब्रेटी आउने क्रम बढ्दो पनि निकै छ । यसै क्रममा भारतीय टोनी कक्कर पनि नेपाल आउने भएका हुन् । उनी सहभागी कार्यक्रम बेलुकी ८ बजेबाट सुरु हुनेछ । जसमा प्रवेशको लागि टिकटको व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्