दशैंमा ९ अर्ब ५० करोड बराबरको नयाँ नोट साटियो
काठमाडौँ , असोज २७ । हिन्दुहरुको महान पर्व वडादशैंमा ९ अर्ब ५० करोड बराबरको नयाँ नोट साटिएको छ ।
नेपाल राष्ट्र बैंकले दसैँंमा साढे नौ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको हो । नयाँ र सुकिला गरेर केन्द्रीय बैंकले नोट सटही गरेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
उनले सीमा घटाएको र सुकिला नोटलाई प्राथमिकतामा राखेका कारण सटहीका लागि यसपाली कम पैसा बाहिर गएको बताए। उनले भने, ‘बिस्तारै नोट सटहीलाई निरुत्साहित गर्नु पर्छ।’
पाँच, १०, २०, ५० र सय रुपैयाँ दरका नोट सटही गरेको र गत वर्षको भन्दा यो तीन अर्ब कम सटही भएको निरौलाले बताए ।
यस दसैँमा नयाँ नोट छापिएर समयमा नपुग्दा राष्ट्र बैंकले सटही सीमा घटाएको उनको भनाई छ।
उनले भने ‘तलब भत्ता, अन्य कारोबारका लागि दसैंमा ठूला नोट अरुबेला भन्दा बढी बजारमा जाने र ठूला दरका नोट राष्ट्र बैंक फर्किन २ देखि साढे दुई महिना लाग्ने गरेको छ।’
उनका अनुसार नोटलाई जतन गरौँ भन्दै नयाँ र सुकिला नोटहरु सटही गरिनुका साथै नयाँ नोट कोलकाता बन्दरगाहामै रोकिँदा राष्ट्र बैंकले सुकिला नोटलाई प्राथमिकता दिने नीति लिएको हो।
यस वर्ष पनि गत वर्ष जस्तै ठूला दरका नोट बाहिर गएका छन्। पाँच सय र हजार दरका नोट ५२ अर्ब रुपैयाँ बराबरको बैंकिङ कार्यालयबाट बजारमा गएको उनले जानकारी दिए।
दशैंलाई लिक्षीत गरि नेपाल राष्ट्र बैंकले विभिन्न क्षेत्रमा नयाँ नोट सटही गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्