एभरेष्ट बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं, २७ असोज । एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लाभांश सेयरधनीलाई वितरण प्रक्रिया सुरु हुनेछ ।

बैंकको लाभांश अनुपात गत वर्षभन्दा वृद्धि भएको छ । गत वर्ष बैंकले २० प्रतिशत नगद लाभांश दिएको थियो । हाल एभरेष्टको चुक्ता पुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्