डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव, सात पहाडी जिल्लाको स्वास्थ्य सेवानै प्रभावित

काठमाडौं, असोज २६ । डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव भएको छ । यसरी अस्पतालमा चिकित्सक नहुँदा त्यहाँको ७ पहाडी जिल्लाको स्वास्थ्य सेवा नै प्रभावित बन्न पुगेको छ ।

गत बुधबार अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका एक साधुको शङ्कास्पद अवस्थामा शव फेला परेपछि मृतक गिरीको हत्या भएको आशङ्का गरियो । आशङ्का गरिएकाले पनि थप अनुसन्धान गर्न परीक्षण गर्नुपर्ने अवस्था आयो तर ‘विशिष्ट विशेषज्ञ’ सहितको डडेल्धुरा अस्पतालमा परीक्षण गर्ने डाक्टर थिएनन् । अस्पतालमा डाक्टर नभएपछि बैतडीबाट डाक्टर वसन्त जोशी गुहारेर परीक्षण गरेको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले बताए ।


दैनिकजस्तो ‘पोष्टमार्टम गर्न चिकित्सकलाई एउटा विशेष तालीमको आवश्यकता हुन्छ । जुन हाल डडेल्धुरा अस्पतालमा कार्यरत एकमात्रै डाक्टर नरेश श्रेष्ठले प्राप्त गरेका छैनन् । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सात पहाडी जिल्लाको स्वास्थ्य सेवानै प्रभावित बनेको छ ।”

अस्पतालमा अहिले नेपाल सरकारतर्फबाट १०८ को दरबन्दी स्वीकृत भएकोमा ३७ को मात्र पदपूर्ति हुँदा ७१ जनाको पद रिक्त रहेको छ । यस्तै अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत रहेकोमा ३४ जनाको पदपूर्ति भई आठ जनाको पद रिक्त रहेको छ । अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा ४५ जना र ज्यालादारीमा सात जना कर्मचारी कार्यरत छन् ।

बीस जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एक जना र अस्पताल विकास समितिबाट एकजना गरी करारमा तीन जना मात्र विशेषज्ञ चिकित्सक छन् । त्यस्तै अस्पतालमा १९ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा हालसम्म नौ जना नेपाल सरकारको तर्फबाट र एक जना करारमा गरी जम्मा १० जना मात्र रहेका थिए ।

त्यसमध्ये छ जना अध्ययन तथा असाधारण बिदामा रहेको अस्पतालले जानकारी दिएको छ । बाँकी रहेका चारमध्ये पनि तीन जनाको समायोजनपछि अस्पतालमा अहिले एक जना मेडिकल अफिसरमात्र रहेको अस्पतालका सूचना अधिकारी पन्त बताए ।

यसरी अस्पतालमा चिकित्सक नहुँदा बिरामीले समयमै सेवा पाउन सकेका छैन भने टाढाबाट डाक्टर गुहादा समेत उनीहरुले निकै सास्ती खेप्नु परेको छ । यसरी सात पहाडी जिल्लामा स्वस्थ्य सेवा नै प्रभावित हुनु आफैमा पनि दुखको कुरा हो यसका लागि त्यहाँ राजनितिकदल तथा अज्न्यले आवाज उठाउन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्