राष्ट्रपति सी सवार सडकको अवस्था प्रधानमन्त्री ओलीले आफै हेरे

काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सी सवारी हुने सडकको आफैले हेरेर अवस्था बारे जानकारी लिनुभएको छ ।

सरकारले त्यस क्षेत्रमा कलात्मक सौन्दर्यसहित स्वागतका लागि विभिन्न तयारी गरेको छ । त्यसबारे जानकारी लिन प्रधानमन्त्री ओली शनिबार बिहान ६ः३० बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा निस्कनुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले भ्रमणका कार्यसूचीलगायत सम्पूर्ण तयारीका पक्षमा प्रधानमन्त्री ओलीले नजिकबाट चासो दिँदै आउने क्रममा सडकको अवस्था बुझ्नुभएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले सीका लागि स्वागत गर्दा नेपाली कलाकारबाट प्रस्तुत गरिने चिनियाँ सङ्गीत शुक्रबार श्रवणसमेत गर्नुभएको थियो ।

राष्ट्रपति सी शनिबार अपराह्न नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा काठमाडौ आउँदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्