सीको स्वागत तथा विदाइमा माइतीघरदेखि बानेश्वरसम्म निजामती कर्मचारी राखिने

काठमाडौ । दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह नेपाल आउँदै गरेका चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत तथा विदाइका बेला काठमाडौंस्थित सरकारी कार्यालयका निजामती कर्मचारीलाई पनि सडकमा राखिने भएको छ ।

सीको स्वागत र विदाइमा माइतीघरदेखि बानेश्वरसम्म कर्मचारी राख्न लागिएको हो ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालका अनुसार राष्ट्रपति सीको स्वागतका लागि कर्मचारीलाई शनिबार अपरान्ह ३ बजे उपस्थित भइसक्न निर्देशन आएको छ ।

राष्ट्रपति सिको स्वागतका लागि ३ बजे उपस्थित भइसक्नुपर्ने समेत बताइएको छ, पहिले साढे ३ बजे पुग्नुपर्ने भन्ने थियो । अहिले आधा घन्टा छिटो नै आइपुग्नु भन्ने छ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार राष्ट्रपति सीको स्वागतका लागि कर्मचारी आउने भएकोले ठाउँ तय गरिएको छ।
शनिबार भारतको चेन्नईबाट काठमाडौं आएर सी आइतबार १ बजे भने स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्