नेपाल एपीएफ स्कुलमा ब्रिटिस काउन्सिल आइ.एस.ए द्धारा वाल अफ लिजेण्टस कार्यक्रम

काठमाडौं, १५ असोज । वाङ्मय शताव्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद्व सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा बुधबार ब्रिटिस काउन्सिल आइ.एस.ए (ईन्टरनेशनल स्कुल अवार्ड) का सिनियर स्कुल एमवेस्टर सुदर्शन सुवेदी, समाज सेवी बीरप्रसाद भन्सारी, यस विद्यालयका विद्यालय समादेशक स.प्र.ना.उ. समेनन्द बज्राचार्य, निमित्त प्रधानाचार्य युवराज पराजुली, स्कुल सुरक्षा पोष्टका पोष्ट प्रमुख, विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुको उपस्थितिमा ब्रिटिस काउन्सिलद्वारा संचालित आइ.एस.ए (ईन्टरनेशनल स्कुल अवार्ड) कार्यक्रम अन्तर्गत विभिन्न किसिमका ८ वटा प्रोजेक्टहरु मध्ये वाल अफ लिजेण्टस नामक प्रोजेक्ट यस नेपाल एपीएफ स्कुलमा संचालन गरी शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीज्यूको जीवनी तथा अनुभवको आत्मवृत्तान्तका बारेमा कक्षा ९ र १० का छात्रछात्राहरुलाई जनचेतना मुलक अन्तरक्रिया कक्षा संचालन गरिएको थियो ।

साथै उक्त कार्यक्रमको अवसरमा प्रमुख अतिथि शताव्दी पुरुष एवं संस्कृतिविद्व सत्यमोहन जोशीद्धारा विद्यार्र्थीहरुलाई जीवन कसरी सार्थक बनाउन सकिन्छ, जीवनमा सन्तोष भएमा दिर्घायु भईन्छ, इमान्दार, नैतिकवान, अनुशासित भएर अगाडि बढ्न सकेमा जुनसुकै किसिमका समस्याबाट मुक्त हुन सकिन्छ र आफ्नो जीवनमा भोगेका समस्या र दुःखले पछि आनन्द तुल्याउँछ भन्ने भनाईहरु राख्दै यस विद्यालय नजिकै रहेको बाघ भैरव मन्दिरको बारेमा कथासहित जानकारी गराउनु भएको थियो भने संस्कृतिविद्व सत्यमोहन जोशीलाई विद्यालय समादेशक तथा निमित्त प्रधानाचार्यले दोसल्ला ओढाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्