दसैंका लागि उपत्यकाबाट १० दिनमा १० लाख बाहिरिए

काठमाडौं, असोज १५ । टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरीएका छन् ।

दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८६७ यात्रु बाहिरिएका छन् ।

६ लाख ९१ हजार ६४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४६७ सवारी साधन सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताए । अझै जाने क्रम जारी नै रहेको छ । यता दशैंमा घर जानेको भिड बढेसंगै काठमाडौं भने सुनसान हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्