महानिरीक्षक खनालले दिए नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन

काठमाण्डौ , असोज १४ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।


मंगलबार महाराजगञ्जमा अत्याधुनिक शैलीमा निर्माण गरिएको महानगरीय प्रहरी वृत्त भवनको उद्घाटन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।


प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।


भवनको उद्घाटनसँगै त्यसबाट प्रवाह हुने सेवा पनि सुन्दर हुनुपर्ने आफूले अपेक्षा गरेको उनले बताए ।


प्रहरी महानिरीक्षक खनालले प्रहरीले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउँदै लैजाने गरी प्रहरी भवन निर्माण कार्यलाई पनि अत्याधुनिक बनाउँदै लगिएको पनि स्मरण समेत गराए ।

प्रतिक्रिया दिनुहोस्