कांग्रेसको प्रश्न – सभामुखले ‘राजीनामा दिनु भएको हो कि कार्यबाहक ?’

काठमाडौं , असोज १४ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुखको राजीनामा कार्यबाहक दिए जस्तो भएको टिप्पणी गरेको छ । प्रष्ट राजीनामा आउनुपर्ने उसले बताएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कृष्णबहादुर महराले सभामुखबाट दिएको राजीनामा अपुरो भएको बताए । उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्म भनिएको भन्दै उनले भने, ‘राजीनामा दिनु भएको हो कि कार्यबाहक ?’

उनले छानबिनका लागि एक वर्षसम्म लाग्यो भने संसद कार्यबाहकले चलाउने भन्ने प्रश्न समेत गरे । कांग्रेस प्रवक्ता शर्माले महरामाथि लागेको यौन दुर्व्यहारको आरोपबारे सामान्य नागरिक सरह छानविन गर्नुपर्ने समेत बताए ।

यसैबचि सभामुख महारको राजीनामाको विषयलाई लिएर भ्रम पनि भएको छ । उनले दिएको राजिनामाको स्पष्ट नभएको भन्दै भ्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्