सर्लाहीमा जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी

काठमाडौं, असोज १३ । सर्लाहीमा जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी परेका छन् ।


ईश्वरपुर नगरपालिका– ११ भलुवाईमा जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी परेका हुन् । आइबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकार खाएपछि उनीहरु बिरामी परेको बताएको छ ।


बिरामी पर्नेमा ६० वर्षीय बृजकुमार माझी, उहाँकी श्रीमती ५५ वर्षीया राजकुमारी, छोराहरु ३२ वर्षीय पल्टु, ३१ वर्षीय बिल्टु र बुहारीहरु २८ वर्षीया सविता, २७ वर्षीया अञ्जुदेवी, नातिनीहरु ६ वर्षकी रिन्कु, ५ वर्षकी प्रियंका, ३ वर्षकी मेनुका, नातिहरु ४ वर्षका अविनाश, २ वर्षका विकास र १० वर्षका अमित रहेका छन् ।


बिरामीमध्ये दुवै जना बुहारीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

आइतबार राति परिवारका सदस्य सबै जनालाई रिङ्गाटा लाग्ने, बान्ता हुने भएपछि अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचार गरी थप उपचारको लगि जनकपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्