प्याजको भाउ बढ्यो, काठमाण्डौमा मात्रै किलोको
काठमाण्डौ , असोज १३ । यति बेला प्याजको भाउ छोइनसक्नु छ । सोमबार मात्रै काठमाडौंमा किलोमा ३० रुपैयाँले बढेको छ ।
काठमाण्डौको मुख्य थोक बजार कालिमाटीमा आइतबार प्याज किलोको १ सय ५ रुपैयाँ खुद्रा मूल्य तोकिएकोमा सोमबार किलोको १ सय ३५ रुपैयाँ तोकिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
भारतले आइतबार प्याज निकासीमा रोक लगाएसँगै यसको असर नेपाली बजारमा पनि परेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले बताए ।
नेपालमा धेरैजसो प्याज भारतबाट ल्याइने भएकाले भारतबाट निकासी रोकिँदा नेपालमा प्याजको कमी हुने र भाउ अझै बढ्न सक्ने उनकोे भनाइ छ । कालिमाटीमा दैनिक १२ देखि १३ ट्रक प्याज ल्याइने गरेको छ ।
केही दिन यता तरकारीसँगै प्याजको भाउ बढेपछि हैरान भएका उपभोक्तालाई चाडबाडको बेलामा अझै महङ्गोमा प्याज किन्नुपर्ने भएको छ । नेपालमा भारतबाट मात्र वार्षिक २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्