मेलम्चीमा फेरि एक वर्षको वाचा, सम्झौता छिटो सके पुरस्कार नत्र जरिवाना

काठमाडौं, असोज १३ । डेढ दशकदेखि सर्वा्धिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ ।

निर्माण सुरु भएको १५ वर्ष अवधिमा पटकपटक विवादमा आएको यो आयोजना बनाउन यसअघि नै तीनवटा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।

आइतबार चौथो ठेकेदार कम्पनी सिनो हाइड्रोसँग आयेजना कार्यालयले एक वर्ष्भित्रै सुरुङ निर्माण सक्ने सम्झौता गरेको हो ।

आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले मेलम्ची आयोजनाको काम छिटो सके ठेकेदार कम्पनीलार्य प्रोत्साहन पुरस्कारको व्यवस्था गरको बताए । समयमा निर्माण सम्पन्न नगरेको खण्डमा पनि सोही अनुसार जरिवाना तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्