अस्ट्रेलिया र यूएईसँग हवाई सेवा सम्झौता हुँदै

काठमाडौं, असोज १२ । नेपाल र अस्ट्रेलियमाबीच सोमबार एयर सर्भिस एग्रिमेन्ट(हवाई सम्झौता) हुँदैछ ।

क्यानडाको मन्ट्रियलमा जारी अन्तर्रा्िष्ट्रय नागरिक उड्डयान संगठन(आइकाओ)को ४० औं सम्मेलनमा दुवै मुलुकका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गर्दैछन् ।

दुवै मुलुकबीच साताको कति संख्यामा उडान हुने भन्ने विषय सम्झौतमा उल्लेख हुँदैन ।

सम्झौतासँगै नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई सम्झौता नहुँदा नेपालबाट अस्ट्रेलिया जाने तथा नेपाल आउने दुवै मुलुकका पर्यटकले अन्य देशमा ट्रान्जिट बस्नुपर्ने बाध्यता छ । हाल चीन, कोरिया, थाइल्याण्ड लगायतका मुलुक हुँदै नेपालीहरु अस्ट्रेलिया जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्