महानायक हमाललाई एकलाख राशीको पुरस्कार

काठमाडौँ, ११ असोज । महानायक राजेश हमाललाई रु. एकलाख राशीको नगद् पुरस्कारसहित सम्मान गरिने भएको छ । करीब ३०० चलचित्रमा अभिनय गर्नुभएका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेवापत साधना कला केन्द्रले सो सम्मान गर्न लागेको हो ।
केन्द्रले यही असोज १२ गते ‘ट्रिव्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गर्ने लागेको आयोजक संस्थाका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए । कार्यक्रममा महानायक हमालले अभिनय गरेका विभिन्न चलचित्रमध्ये ३० गीत विभिन्न कलाकारले गाउने छन् । त्यसमध्ये भारतका सुप्रसिद्ध गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी भई गीतमार्फत नायक हमाललाई सम्मान गर्नुहुने छ । त्यस्तै प्रकाश श्रेष्ठ, उमेश पाण्डे, आनन्द कार्की, यम बराल, रामा मण्डल, देवीका प्रधानलगायतले गीत गाएर कार्यक्रमलाई मनोरञ्जन दिने छन् ।


केन्द्रका अध्यक्ष मोक्तानले चलचित्र क्षेत्रमा लामो समयदेखि लगनशील भई सक्रिय भूमिका निर्वाह गरेका हमाल समाजमा ठुलो विवाद नपरेको र बौद्धिक व्यक्तित्व भएकाले सम्मानका लागि छनौट गरिएको बताए ।
उक्त कार्यक्रम केन्द्रले २०५२ सालदेखि विभिन्न बिधामा ‘साधना सम्मान’ शुरु गरेको भए पनि यस किसिमको सम्मान पहिलो पटक गर्न लागेको जनाएको छ । यस्ता कार्यक्रमले समाजमा प्रतिष्ठित र सक्रिया निर्वाह गर्ने व्यक्तिहरुलाई प्रोहत्सान हुने छ ।

प्रतिक्रिया दिनुहोस्