कपडा उद्योगीलाई दशैं अघि नै ब्याज अनुदान दिने सरकारको तयारी
काठमाडौं, असोज १० । सरकारले कपडा उद्योगीलाई दशैं अघि नै व्याज अनुदान दिने तयारी थालेको छ। कपडा उद्योगीहरुले लिएको ऋणाको ब्याजमा ५ प्रतिशत अनुदान दिने सरकारले तयारी थालेको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो तयारी थालेको बताएका हुन् ।
कपडा उद्योगीहरुको ऋणमा ५ प्रतिशत व्याज अनुदान दिने बताउँदै मन्त्री खतिवडाले भने, ‘कपडा उद्योगीहरुलाई बैंकबाट ऋण लिएको निश्चित रकमको निश्चित अवधिको ब्याजमा ५ प्रतिशतसम्म ब्याज अनुदान दिन्छौ । त्यो प्रकृया कार्यन्वयनको चरणमा छ । हामी दशैं अगाडि नै निर्णय गरेर अघि बढ्ने तयारीमाछौं ।’
कपडाको गुणस्तरमा जोड दिनुपर्ने बताउँदै उनले कच्चा पदार्थको लागि सरकारले गनुपर्ने सहयोग गर्न तयार रहेको प्रष्ट पारे । उनले व्यवसायलाई पारदर्शी बनाएर लैजान समेत उद्योगीहरुलाई आग्रह गरे।
मन्त्री खतिवडाले व्यवसायिहरुको इमान्दारिताको परिक्षण गर्ने बेला भएको पनि यही भएको प्रष्ट पारे। ऋणीहरुले बैंकको यतार्थ विवरण पेश गर्नु पर्यो र प्यान अनिवार्या लिएको हुनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्