डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन,पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सहभागी

काठमाडौं– डा. गोविन्द केसीलाइ पक्राउ गरेको विरोधमा उहाँका समर्थक र नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । डा. केसी पक्राउको विरोध र उहाँले उठाएको माग प्रति ऐक्यवद्धता जनाउन समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतले गलत फैसला गर्ने गरेको भन्दै डाक्टर केसीले १४ औँ अनशन थालेकै दिन उहाँलाई सोमबार पक्राउ गरिएको थियो । चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएपछि डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका फैसलाको छानविनको माग गर्दै सोमबार अनशन सुरु गरेका थिए ।

प्रहरीले सोमबार बेलुका उहाँलाई अनशन बसेकै ठाउँबाट पक्राउ गरेको हो । सर्वोच्चको आदेश अनुसार डा. केसीलाई मंगलबार बिहान ९ बजे सर्वोच्चमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ । मेडिकल शिक्षामा सुधारको माग गर्दै डा. केसी यसअघि १३ पल्ट अनशन बसिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्