सरकारले पुलचोकमा सांसद आवास भवन बनाउने

काठमाडौं , असोज १० । सरकारले ललितपुरको पुलचोकमा सांसद आवास भवन बनाउने भएको छ ।
ललितपुरको पुलचोकमा अन्तर्रा्ष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी सरकारले गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पुलचोकस्थित साझा यातायातको कार्यालय भवन वरपर अन्तर्रा्ष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाउने योजना भइरहेको जानकारी दिएका छन् ।

उनले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाइ पनि सरकारले बनाएको बताए । शुक्रबार ललितपुरको पाटनमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले समग्रतामा ललितपुर जिल्लालाई आधुनिक सहरको रुपमा विकास गर्न चाहेको पनि बताए ।

अर्थमन्त्री खतिवडाले ललितपुर कला र संस्कृतिको हिसाबले पनि अधिक सम्भावना भएको जिल्ला भएको हुनाले त्यसको विकासमा सरकार प्रतिवद्ध भएर लागि परेको दावी पनि गरे ।


यहाँको विकास लागि सरकारले प्रतिवद्ध भएर लागीरहेकाले विकासका कार्यले विस्तारै गति लिने समेत बताए ।

ललितपुर कला र संस्कृतिको हिसाबले पनि अधिक सम्भावनारहकाले ययमा सरकारले प्राथमीकता दिएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्