हरेक बैंक तथा वित्तीय संस्थामा सुरक्षासम्बन्धी ‘आकस्मिक सहायता समूह’ अनिवार्य

काठमाडौं, असोज १० ।अब हरेक बैंक तथा वित्तीय संस्थामा आइटी सुरक्षासम्बन्धी ‘आकस्मिक सहायता समूह’ अनिवार्य हुनुपर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले बिहीबार दिएको निर्देशनअनुसार अब हरेक संस्थाले सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह (इन्फर्मेसन टेक्नोलोजी इन्सिडेन्ट रेस्पोन्स टिम) बनाउनुपर्ने भएको छ।

त्यस्तो समूह गठन गरी कार्यान्वयनमा ल्याई त्यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने छ। राष्ट्र बैंक अन्तर्गतको भुक्तानी विभाग प्रणालीलाई त्यस्तो समूहको विस्तृत विवरण बुझाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ।

त्यस्तो समूहले संस्थाको आइटी सुरक्षाका विशेष निगरानी गर्ने छ भने संस्थाको प्रणालीमा कुनै किसिमको साइबर आक्रमण, शंकास्पद गतिविधि तथा अनधिकृत पहुँच भएमा अबिलम्व सोको जानकारी नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनुपर्ने छ।

बैंक तथा वित्तीय क्षेत्रको साइबर सुरक्षामा चुनौती बढ्दै गएपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले यो विषयलाई गम्भीर रुपमा हेर्न थालेको छ। साइबर डकैतीसम्बन्धी सार्वजनिक भएका पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले नयाँनयाँ निर्देशन जारी गर्न थालेको हो।

प्छिल्लो समय बैंक तथा वित्तिय संस्थामा चोरीका घटना बढ्दै जान थालेका छन् । रातारात यस्ता घटना हुने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्