अवरुद्ध भएको हेटौँडा–कुलेखानी सडकखण्ड सञ्चालनमा आयो
काठमाडौं, असोज ९ । केहि दिनदेखि बन्द रहेको हेटौँडा–कुलेखानी सडकखण्ड सञ्चालनमा आएको छ ।
कुलेखानी सडकखण्डअन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि आज बिहानदेखि पुनः संचालनमा आएको हो ।
सडक सुचारु भएपछि हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ ।
सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौँ जिल्लाको सिमानासम्मको नौ किलोमिटर सडकमा करीब तीन साता लगाएर मर्मतसम्भार तथा ढल निर्माण गरेर फराकिलो बनाएपछि आज बिहानदेखि सडक सुचारु भएको सस्नेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।
यसैगरी केही हप्ताअघि फाखेल सडकखण्डबाट पनि हेटौँडा काठमाडौँको यातायात सेवा सञ्चालन गरिएको थियो ।
हेटौँडा–कुलेखानी सडकखण्डमा दैनिक एक हजारभन्दा बढी टाटासुमो, जिप आवजावत गर्ने गरेको नारायणी यातायात व्यवसायी सङ्घ हेटौँडाले जनाएको छ ।
सडकखण्ड अवरुद्ध हुँदा त्यहाँका हजारौ नारिक समस्यामा परेका थिए । दैनि उपभोग्य वस्तु देखि लिएरु ऋावत जावत गर्दा पनि निकै अपठ्यारो हुने पुगेको थियो । अब भने सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्