सरकारले औषधि पसलहरुको अनुगमनमा कडाइ गरिने

काठमाण्डौ , असोज ८ । सरकारले औषधि पसलहरुको अनुगमनमा कडाइ गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकको प्रेसक्रिप्सनविना नै औषधि बिक्री भइरहेकोले औषधि पसलहरुको अनुगमनमा कडाइ गर्न लागिएको बताएका हुन् ।

‘वर्ल्ड फर्मा्सिष्ट डे’ को अवसर पारेर बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले औषधि पसलहरुको अनुगमन तथा त्यसका सामग्रीहरुको व्यवस्थापनका लागि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरिरहेको पनि बताए ।


औषधि पसलहरुको अनुगमनको काम संघीय सरकार आफैँले गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै जिम्मेवारीबाट पन्छिन नमिल्ने पनि राज्यमन्त्री यादवको भनाइ थियो ।

राज्यमन्त्री यादवले औषधि पसलहरुको अनुगमनमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट आवश्यक सहयोग पाउन नसकेको गुनासो पनि गरे ।

प्रतिक्रिया दिनुहोस्