ह्याक गरेर पाँच अर्ब विदेश लैजाने योजना विफल, योजनाकार काले !

काठमाडौं, असोज ८ । नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ह्याक गरेर ५ अर्व विदेश लैजाने योजना विफल भएको छ।


विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि मुम्बईमा बसेर ह्याकको योजना बनाएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार उनले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नविल बैंक लगायतका बैंक तथा वित्तिय संस्थाहरुको क्रेडिएन्टल ह्याकिङ गरेर रकम निकालिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।


उनीहरुलाई अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर काठमाडौं पठाइएको छ। उनीहरुलाई उपत्यका र उपत्यका बाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।


पक्राउ पर्नेहरुमा नुवाकोट मेघाङका ४३ वर्षिय लावाङ तामाङ, रसुवा नौकुण्डकी ४० वर्षिय लक्ष्मी लामा तामाङ, काठमाडौं तार्केश्वरका २६ वर्षिय संजय घले, रसुवा नौकुण्डकी २० वर्षिय निर्मला तामाङ, रसुवा नौकुण्डकी १८ वर्षिय निमा तामाङ, सर्लाही हरिवनका ४२ वर्षिय पुष्पराज खड्का रहेका छन्।

पिटरले नेपालका एजेन्टहरुलाई नविल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरुमा चल्ती खाता खोल्न लगाई ह्याक गर्दै आएको प्रहरीले बताएको छ। पिटरले ५ अर्व भन्दा बढी रकम ह्याक गर्ने योजना सहित नेपालमा रहेका उनका सहयोगिसँग समेत मिटङ गरेको तथ्य समेत प्रहरीले अनुसन्धानमा फेला पारेको छ।

कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको पुष्टि भएको छ ।

सुरुमा चोरी भएको रकम डेढ करोड भनिएको थियो । तर बैंकका उपप्रबन्धक दीर्घ अर्यालले ४ करोड ३७ लाख रकम निकालिएको पुष्टि गरे । ‘यो सबै रकम शाखाको ब्याज आम्दानी हो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्