नागरिक उड्डयन प्राधिकरणले डेढ अर्ब बक्यौंता उठाउन सकेन्, दियो पैसा तिर्न ३० दिनको सूचना
काठमाडौं, असोज ७ । नेपाल नागरिक उड्डयन प्राधिकरणले डेढ अर्ब रुपैयाँ बक्यौंता तिर्न विभिन्न कम्पनीका नाममा सूचना प्रकाशित गरेको छ।
प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल प्रयोग वापतको रकम नतिरेको भन्दै सूचना प्रकाशित गरेको हो।
प्राधिकरणका अनुसार एक सय ९५ वटा सरकारी तथा निजी निकायबाट बक्यौंता असुल्न बाँकी रहेको छ। प्राधिकरणका वित्तिय निर्देशक गोविन्दप्रसाद दाहालका अनुसार करिब ८० करोड रुपैयाँ सरकारी निकायबाट उठ्न बाँकी रहेको छ भने बाँकी बक्यौता निजी कम्पनीबाट उठ्न बाँकी छ।
बक्यौंता बापत भन्सारबाट ५४ करोड रुपैयाँ र बाँकी २० करोड रुपैयाँ भन्दा बढी नेपाल वायुसेवा निगमबाट उठाउन बाँकी रहेको दाहालले जानकारी दिए। ’डेढ अर्ब रुपैयाँ बक्यौता उठाउनका लागि हामीले धेरै प्रयास र्गयौँ। कतिपय कम्पनी संचालक विदेशमा छन्। सम्पर्कमा आएका छैनन्। बक्यौंता असुल गर्नका लागि पहिलो चरणको प्रकृया अगाडि बढाएका हौं,’ उनले भने।
उनका अनुसार सार्वजनिक सूचना गर्दा समेत नआए संचालकको जायजेथाबाट असुलिनेछ। प्राधिकरणले तीस दिनभित्र बक्यौंता तिर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्