पछिल्लो समय काठमाण्डौमा भाइरल ज्वरो र स्क्रब टाइफसका बिरामी बढे

काठमाण्डौ , असोज ७ । पछिल्लो समय काठमाण्डौमा भाइरल ज्वरो, स्क्रब टाइफस र रुघाखोकीका बिरामी बढ्दै गएका छन् ।

टेकु अस्पतालको ओपीडीमा मात्रै दैनिक ४ सय जनाभन्दा बढी भाइरल ज्वरो, स्क्रब टाइफस, रुघाखोकी र जोर्नीसम्बन्धी बिरामीहरु आउने गरेका छन् । यस्तै, ५ सय जनाभन्दा बढी रिपोर्ट देखाउनका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

उपचारका लागि आउने बिरामी मध्ये धेरैमा बढी इन्फ्लुएन्जाका बिरामी रहेको अस्पतालमा कार्यरत डाक्टर अनुप बास्तोलाले बताए । डा. बास्तोलाका अनुसार बिरामी भएर आउनेमा भाइरल ज्वरो आएकाहरु डेंगीको शंकामा अस्पताल आएको उनले बताए ।

सामान्यतयाः रुघाखोकी लागेको अवस्थामा घरमै सुरक्षित भएर बसे आफैँ पनि निको हुन्छ । तर, बिरामीलाई सय डिग्रीभन्दा बढी ज्वरो आएमा, एक हप्ताभन्दा समय निरन्तर रुघाखोकीले सताइरहे त्यो कडा खालको इन्फ्लुएन्जा भएकाले त्यस्तो समस्या देखिए तुरुन्त चिकित्सककोमा पुगिहाल्नुपर्ने उनले बताए ।

ज्वरोको समस्या लिएर आउनेमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको सङ्ख्या धेरै छ । लक्षणका आधारमा भाइरलको सङ्क्रमण भएका बिरामीकोे उपचार गरिँदै आएको डाक्टर बास्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस्