कक्षा ११ को परीक्षाफल प्रकाशित, नतिजा सुध्रियोे

काठमाण्डौ , असोज ७ । राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गएको जेठमा सञ्चालन भएको परीक्षामा सहभागी ५ लाख ९ हजार ५२ जना मध्ये जम्मा ३ लाख ४९ हजार ६ सय ३ जना उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

उत्तिर्ण हुनेभध्ये जीपीए ३ दशमलव ६१ देखि माथि ल्याउने २ हजार ३ सय १९ जना, जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ल्याउने १३ हजार ७ सय ७२ जना, जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म ल्याउने ३२ हजार २ सय ५३ जना र जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ल्याउने ५४ हजार ८ सय १६ जना रहेको बोर्डले जनाएको छ ।

यसैगरी, जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४० सम्म ८४ हजार २ सय ३९ जनाले, जीपीए १ दशमलव ६१ देखि २ सम्म ८९ हजार ६ सय ५० जना, जीपीए १ दशमलव २१ देखि १ दशमलव ६० ल्याउने ४३ हजार ३७ जनाले तथा जीपीए ० दशमलव ८१ देखि १ दशमलव २० सम्म ८ हजार १ सय ७१ जनाले र ० दशमलव ८० सम्म २१ हजार ३ सय ४६ जनाले ल्याएको पनि बोर्डले जानकारी दिएको छ ।

३१ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै, आंशिकको ग्रेड बृद्धितर्फको परीक्षामा सहभागि मध्ये ७ हजार १ सय ३२ जना परीक्षार्थी उत्तिर्ण भएको पनि बोर्डले जनाएको छ ।

परीक्षाफल www=neb=gov=np, www=neb=ntc=net=np, www=edusanjal=com मार्फत् पनि हेर्न सकिने बार्डले जनाएको छ ।

यस्तै, मोबाइलबाट १६०० मा एसएमएस गरेर पनि बुझ्न सकिन्छ । एसएमएसका लागि मोबाइलमा ल्भ्द्य टाइप गरी एक स्पेश दिएर सिम्बोल नम्बर टाइप गरि १६०० मा एसएमएस गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै, नेपाल टेलिकमको १६०१ मा डायल गरेर प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।

ग्रेडवृद्धि परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार ग्रेडबृद्धिको परीक्षा कात्तिक ३० र मंशिर १ गते हुनेछ । बोर्डका अनुसार एक विषय मात्र अनुत्तिर्ण भएका विद्यार्थीले जुनसुकै विषय भएपनि कात्तिक ३० गते परीक्षा दिनुपर्नेछ भने २ विषय लागेकाले पहिलो दिन ठुलो कोड भएको विषय र दोश्रो दिन सानो कोड भएको विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । ग्रेडबृद्धिका लागि असोज २८ गते भित्रमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा फाराम भर्नुपर्ने पनि बोर्डले जनाएको छ ।


यसैबीच शिक्षा क्षेत्रमा लामो समय बिताएका पूर्वसचिव महाश्रम शर्माले यसपटकको कक्षा ११ को नतिजालाई उपलब्धीमूलक मानेका छन् ।

गतवर्षको भन्दा सबै सूचकांकमा राम्रो प्रगति आएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने शर्माको भनाई छ ।

यसपटक पठनपाठन राम्रो भएको, परीक्षाको राम्रो व्यवस्थापन भएको कारणले पनि नतिजा राम्रो आएको उनको निष्कर्ष छ ।

कक्षाकोठाको शिक्षण सिकाई र विद्यार्थीको मेहनतले पनि नतिजामा असर गर्ने भन्दै यसपटक बन्द, हड्ताल र आन्दोलन नहुनु सबैभन्दा सबल पक्ष रहेको शर्माको भनाई छ ।

यही पाठ्यक्रममा गतवर्षको भन्दा राम्रो नतिजा आउनु भनेको शिक्षण सिकाइमा राम्रो प्रगति भएको देखिएको शर्मा बताउँछन् ।

तर आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता र स्थायित्व दिन सक्नुपर्ने शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्