ललिता निवास प्रकरणमा सीआईबीको निष्कर्ष : ३ दर्जनलाई कारबाही

काठमाडौं, असोज ७ । प्रहरीले बालुवाटारस्थ्ति ललिता निवास र त्यसले चर्चेको कारिब ११४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि ठगी कसूरमा कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन ल्याउन लागेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले ६ महिना लामो छानबिनपछि अन्तिम रुप दिन लागेको प्रतिवेदनमा ‘भूमाफिया’ किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, ललिता निवासका तत्कालीन भोगाधिकारी रक्मशमशेर राणा तथा उनका दुई भतिजा हाटक शमशेर र हेमाद्रीशमशेरसहित ३ दर्जन व्यक्तिलाई कारबाही गरेर जग्गा फिर्ता ल्याउनुपर्ने औंल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्