अस्थायी मुकाम तोक्न राष्ट्रपतिको देउवालाई यस्तो सुझाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशको अस्थायी मुकाम यथाशक्य चाँडो तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएकी छन् ।

प्रदेश प्रमुख, अस्थायी मुकामलगायत विषयमा छलफल गर्न सोमबार शीतलनिवास पुगेका देउवालाई भण्डारीले उक्त सुझाव दिएकी हुन् ।

मुकाम नतोक्दा शपथलगायत प्रशासनिक काममा बाधा पर्ने राष्ट्रपतिको तर्क थियो । प्रधानमन्त्री देउवाले भने आफूले दलहरूसँग राजनीतिक परामर्श लिएर त्यसबारे निर्णय गर्ने अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्