सरकारका राम्रा कामबारे जनतालाई बताउन नेकपाका सांसदलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं , असोज ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंतिहारमा जिल्ला जाँदा जनतालाई सरकारको कामबारे बताउन पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।


सरकारले संविधान कार्यान्वयनका लागि नभई नहुने कानूनहरु बनाउनुका साथै विकास निर्माणका कामहरु गरिरहेको तर केही मानिसले भ्रम छरेको प्रधानमन्त्रीले बताए ।


‘कतिपयले भ्रम छर्ने प्रयास गरेका छन्, तपाईहरुले जनतालाई सरकारले गरेका राम्रा कामहरुबारे बताउनुस् ।’ बैठकमा उनले भने ।


उनले परिर्वतनका लागि भूमिका नै नखेलेकोहरुले अहिले सामाजिक सञ्जालमा नियोजित प्रचार गरिरहेको भन्दै जनतालाई बुझाउनुपर्नेमा जोड समे दिए ।


तर सरकारले जनताले भने र सोचे जस्तो काम गर्न नसको आरोप भने लागेको छ । दुई तिहाइको सरकारले त्यति विकासका राम्रा काम अझै पनि गर्न नसकेको जनताको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्