उपनिर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा

काठमाडौं, असोज ४ । आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

संखुवासभा–काठमाडौ जर्ना्लिष्ट एसोसिएसनले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा उनले आउँदो मंसिर १४ गतेको उपनिर्वाचनका लागि आयोगले तयारी अन्तिम चरणमा र्पुयाइसकेको जानकारी दिए ।

आयुक्त थपलियाले सम्पूर्ण दलहरुको सहमतिमै उपनिर्वाचनको मिति तोकिएकाले चुनाव सम्पन्न गर्न कुनै समस्या नरहेको दाबी समेत गरे ।

दसैंमा तयारीमा केही सुस्तता आउनसक्ने भएपनि दसैंलगत्तै पुनः तीव्रताका साथ उपनिर्वाचनको तयारीमा जुट्ने उनको भनाइ छ । यति बेला आयोग निर्वाचनको तयारीमा जुटीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्