साधना लघुबित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न

गोरखा । गोरखा जिल्लामा केन्द्रिय कार्यालय रहेको साधना लघुबित्त बित्तीय संस्था लि.ले बुटवल क्षेत्रका कर्मचारीहरुलाई धितो कर्जा ब्यवस्थापन तालिम बुटवलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन वित्तीय संस्थाको संस्थापक शेयरधनी गंगा ढकालले गरेका थिए ।

संस्थाको बिभागीय प्रमुख रुपेश कुमार झाले लघुबित्तको आधारभुत अबधारणा, सदस्य तथा कर्जा बिस्तारमा कर्मचारीको भुमिका र बिशेष गरी धितो कर्जा लगानी गर्दा ध्यान दिनु पर्ने बिषय बस्तु बारेमा जानकारी गराउने उद्देश्यले उक्त महत्वपुर्ण तालिमको आयोजना गरिएको कार्यक्रममा बताए । उक्त तालिममा गुणस्तरीय धितो पहिचान गर्नलाई ध्यान दिनुपर्ने कुराहरु, नगद प्रवाह बिश्लेषण, कर्जा सदुपयोगिताको बारेमा वित्तीय संस्थाका संस्थापक शेयरधनी हरी प्रसाद डुम्रेले सहभागीहरुलाई सहजीकरण गरेका थिए ।

उक्त तालिममा बित्तिय संस्थाका संस्थापक शेयरधनि खगेन्द्र प्रसाद शर्माले तालिम सफलताको लागी शुभकामना ब्यक्त गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले लघुवित्त क्षेत्रको बर्तमान अवस्था र चुनौतिको बारेमा जानकारी गराउदै चुनौती संग जुध्ने क्षमता बिकाश गर्नलाई सहभागीहरुलाई उत्प्रेरित गर्नु भएको थियो ।

यस संस्थाले आफनो स्थापनाको २ बर्षको छोटो अबधिमा अति बिकट पहाडी क्षेत्र तथा ग्रामिण क्षेत्रमा ४३ ओटा शाखा बाट ३६००० भन्दा बढी बिपन्न सदस्यहरुलाई सेवा गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्