संविधान दिवसको अवसरमा जनक तिवारीको , कविता ( मेरो उल्टो कान)
मलाई जान्ने मन छ
मेरा कानहरु उस्तै हुन कि
यो देशका महान हरु उस्तै हुन
नेताहरु लोकतन्त्र खतरामा पर्न दिनुहुन्न भन्छन्
मेरा कानहरु लोकतन्त्र मास्नुपर्यो भने झै सुन्छन
खै के हो ?
नेताहरु बोल्न नजानेको हो कि
मैले कान खोल्न नजानेको हो
मलाई जान्ने मन छ
सरकार भ्रष्टाचारमा शुन्य सहनशीलता भन्छ
मेरा कानहरुले भ्रष्टाचार मिलेर गरौ भनेझै सुन्छ
खै के हो ?
मेरो श्रवण यन्त्रको कमजोरी हो कि
राज्य संयन्त्रको कमजोरी हो
मलाई जान्ने मन छ
संविधानको किताबले चिच्यायर म समाजवाद उन्मुख छु भनेर भनेको रहेछ
मेरा कानहरुले सुस्तरी वाद मात्रै सुन्छन्
खै के हो ?
अब कानले वाद मात्रै सुन्यो
समाजवाद भनेर बुझु ,व्यबहार तेता सोझियकै छैन
अपवाद भनेर बुझु यो मनले मान्दैन
मलाई जान्ने मन छ
मेरा कानहरु उस्तै हुन कि
यो देशका महान हरु उस्तै हुन
मेरो मात्रै होइन
आजकाल सरकारको पनि कान उल्टो भएछ
सिमानामा जनताले सिमा रेखा मिचियो भन्छन
सरकारले रेखा मिचियो भनेको मात्रै सुन्छ
खै के हो ?
सरकार रेखा बनाउन मै रनभुल्ल हुन्छ
उता सिमारेखा छताछुल्ल हुन्छ
मलाई जान्ने मन छ
मेरा कानहरु उस्तै हुन कि
यो देशका महान हरु उस्तै हुन
प्रतिक्रिया दिनुहोस्