चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक (भिडियासहित)

काठमाडौं , असोज ३ । चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ । हाँस्यकलाकार दीपकराज गिरी र दिपाश्री निरौलाको अर्को भेन्चर ‘छ माया छपक्कै’ को ट्रेलर आज मात्रै सार्वजनिक भएको हो ।

काठमाडौंमा एक कार्यक्रमको आयेजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।


दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्मा भट्ट, बुद्धि तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्रको यो भन्दाअघि रिलिज भएको गीत ‘जुनको जुनेली’ले राम्रो हाइप लिइरहेको छ । दर्शकले मन पराइरहेका छन् । चलचित्र असोज २४ गते देशभर रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्