एनआरएनएको अध्यक्षमा पन्तद्वारा उम्मेद्वारी घोषणा

काठमाडौं, असोज ३ । गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसि)को आगामी निर्वाचनका लागि कुमार पन्तले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन्।

पन्तले शुक्रबार काठमाडौ स्थित होटल याक एण्ड यतिमा आयोजित उम्मेद्वारी घोषणा कार्यक्रममा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन्।

यसअघि अध्यक्ष पदकै लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष कुल आचार्यले उम्मेद्वारी घोषणा गरिसकेका छन्।


असोज २८ देखि ३० सम्म चल्ने नवौं विश्व सम्मेलन तथा अधिवेशनले एनआरएनएको दुई वर्षे (२०१९(२०२१) कार्यकालका लागि नयाँ कार्यसमिति छनोट गर्नेछ। अधिवेशनमा विभिन्न देशबाट लगभग दुई हजार प्रतिनिधि सहभागी हुनेछन्।

अध्यक्ष, पाँच जना उपाध्यक्ष, महासचिव, दुई जना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हुनेछ।

प्रतिक्रिया दिनुहोस्