संविधान जारी भएको आज चार वर्ष पूरा, देशभर विशेष कार्यक्रम गरी मनाईँदै

काठमाडौँ , असोज ३ । संविधानसभा मार्फत संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको स्मरणमा शुक्रबार विविध कार्यक्रम गरी संविधान दिवस मनाईँदै छ ।

२०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो, सोही दिनको सम्झनामा विविध कार्यक्रम गरेर शुक्रबार देशभर संविधान दिवस मनाइँदैछ ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति हुनेछ ।

संविधानसभाले दुई कार्यकालमा संविधान बनाएको हो । अझै पनि यो संविधानमा असहमति जनाउने वा संशोधनको माग गर्नेहरु छन् । उनीहरुले लोकतान्त्रिक व्यवस्थालाई पूर्णरुपले सहभागिता मूलक बनाउनका लागि संविधान संशोधन गर्नु पर्ने दाबी गर्दै आएका छन् ।

संविधानसभाबाट संविधान जारी भएको चार वर्ष बितिसकेको छ । संविधानले मुलुकलाई संघीयतामा पु¥याएसँगै संविधान कार्यान्वयनका धेरै काम सम्पन्न भइसकेका छन् । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने प्रायः सबै कानुन बने तर कार्यान्वयनमा भने अझै अन्योलता रहेको विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्