नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले सवा एक अर्ब बोनस पाउने

काठमाडौं, असोज २ । नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले सवा एक अर्ब बोनस पाउने भएका छन् ।


नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस दिने भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट सो बोनस स्वीकृत भइसकेको र अन्तिम स्विकृतिका लागि अर्थमन्त्रालय पठाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आफ्ना कर्मचारीलाई सात आर्थिक वर्षको बोनस एकैपटक दिन लागेको हो । कम्पनीले २०६८र६९ लेदि गत वर्ष २०७४र०७५ सम्मको नाफाबाट आफ्ना कर्मचारीलाई बोनस दिने जनाएको छ ।

प्राधीकरणले नेपाल सरकारलाई भुक्तिानी गर्नुपर्ने लाभांश भने ३५ कराृड ७६ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्