अनलाइन अध्यनका लागि ओटिस डटकम , घरमै बसी कक्षाहरु लिन पाइने

काठमाडौं । नेपालमै पहिलो पटक अनलाइनबाट अध्यन गर्न मिल्ने गरी बिजहब आइटी सर्भिस प्रा.लि.ले www.ottish.com नामको प्लेटफर्म तयार गरेको छ ।

संस्थाका प्राबिधिक निर्देशक सन्तोष भट्टराईका अनुसार उक्त प्लेटफर्मले, पढ्न चाहने तर समय र पैसाको अभावमा गुणस्तरीय पढाई पढ्न नपाएका जेहेन्दार बिद्यार्थीहरुले अनलाइन प्रबिधि मार्फत आफ्नो नाम र इमेल दर्ता गराई इन्टरनेटको सुबिधा रहेको ठाउँ बाट मोबाइल तथा कम्प्युटरको सहायतामा अनुभवी प्रशिक्षकहरुबाट उच्च स्तरका तयारी कक्षाहरु सहुलियत दरमा घरमै बसी लिन पाउने गरि सुबिधा प्रदान गर्नेछ ।

अटिस डटकमले नेपालमा विभिन्न विधाका तयारी कक्षाहरु जस्तै भाषागत, शैक्षिक, ब्यबसायिक एबं प्राबिधिक तथा वृत्ति विकास संग सम्बन्धित भिडियो कक्षाहरु एकैठाउबाट पढ्न पाउने गरि अनलाइन प्रबिधि मार्फत पढाई गराउने सुबिधा यहि भाद्र १५ गते पश्चात सुचारु गर्दै आएको छ र यसबाट बार्षिक करिब एक लाख भन्दा बढी बिद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

नयाँ सोंच बोकेका युवा चार्टर्ड एकाउन्टेन्टस् तथा इन्जिनियर उधमिहरु मिलेर प्रबर्दन गरेको उक्त अटिस डटकमले आगामी दिनहरुमा तयारी भिडिओ कक्षाहरुको अतिरिक्त सम्बन्धित विषयका नोट तथा पठन सामग्रीहरु डाउनलोड गरेर पढ्न मिल्ने साथै अनलाईन परीक्षा तथा आफ्नो पाठ्यक्रमसंग सम्बन्धित बिषयमा छलफल गरेर समुहगत रुपमा पढ्न मिल्नेगरि सुबिधाहरु थप गरेर बिद्यार्थीहरुलाई अझै लाभान्वित गराउने समेत उद्देश्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्