नेपाल टेलिकमद्वारा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा थप १३ मुलुकमा विस्तार

काठमाडौं , असोज २ । नेपाल टेलिकमले गएको भदौ २० गतेदेखि भारतबाट पुनः सञ्चालन गरेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार गरेको छ ।


संविधान दिवसको अवसरमा शुक्रबार (भोलि)ेदेखि यी मुलुकहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराउने भएको हो ।

अब यस कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरुले चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्वीट्जरल्याण्ड, मलेसिया, सिङ्गापुर, जापान, कोरिया र थाइल्यान्ड जाँदा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने टेलिकमले बताएको छ ।

साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जाँदा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) प्रयोग गर्न सक्ने छन् ।

“हाल अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ,” टेलिकमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


केही समयभित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लाने पनि टेलिकमले बताएको छ ।


टेलिकमले विगतदेखि आफ्ना पोस्टपेड ग्राहक लक्षित ८७ मुलुकका १९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ ।
गएको ०७६ वैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराएको थियो ।

साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जाँदा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) प्रयोग गर्न सक्ने छन् ।

“हाल अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ,” टेलिकमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


केही समयभित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लाने पनि टेलिकमले बताएको छ । टेलिकमले विगतदेखि आफ्ना पोस्टपेड ग्राहक लक्षित ८७ मुलुकका १९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ ।

गएको ०७६ वैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्