अभिनेत्री श्वेता खड्काले भेटिन् प्रधानमन्त्रीलाई भनिन्ः हौसला र उत्साहरुपी उर्जाले मेरो जाँगर थपियो

काठमाडौं , भदौ १ । अभिनेत्री श्वेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकीछन् उनले भेटमा आफ्नो पहलमा निर्माणधिन माझी बस्तीको प्रगतिबारे जानकारी गराएकी हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले उनको कामको प्रशंसा गरेका थिए ।

श्वेताले प्रधानमन्त्री ओलीसँग आधा घन्टा कुराकानी गरेकी थिइन् । उनले निर्माणाधिन माझीवस्तीमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्रीबाट पाएको बताइन् ।

‘माझीबस्तीबारे प्रधानमन्त्रीलाई धेरै कुरा पहिल्यै थाहा रहेछ, उहाँले मलाई बधाई र धन्यवाद दिनुभयो,’ श्वेताले सुनाइन् ।

श्वेताले भेटघाटको तस्वीर फेसबुकमा हाल्दै प्रधानमन्त्रीको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताएकी छन् । उनले लेखेकी छन्, ‘उहाँले प्रकट गर्नुभएको सकारात्मक विचार र दृढ इच्छाशक्ति देखेर म त दंग भएँ । प्रधानमन्त्रीज्यूबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले मभित्र भिन्नै जाँगर थपिदिएको छ ।’

माझी वस्तीमा अहिलेसम्म सरकारबाट राम्रो सहयोग र समन्वय पाइरहेको भन्दै उनले पनि प्रधानमन्त्रीलाई धन्यवाद दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्