विभागले म्यानपावरलाई तिरायो अहिलेसम्मकै बढी रकम

काठमाडौं, असोज १ । वैदेशिक रोजगार विभागले अहिलेसम्मकै बढी क्षतीपूर्ति श्रमिकलाई दिलाएको छ। भदौ महिनामा मात्रै म्यानपावर कम्पनीबाट २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति भराएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।

भुसालका अनुसार यो एकै महिनामा भराइएको क्षतिपूर्ति रकम अहिलेसम्मकै बढी हो।

भुसालका अनुसार विभिन्न म्यानपावर कम्पनीले यो महिना १९ लाख ५० हजार रुपैयाँ जरिवाना तिरेका छन्। भदौमा विभागले ४१ वटा मुद्दा वैदेशिक रोजगार न्यायधीकरणमा दर्ता गराएको छ।

न्यायधीकरणमा पठाइएका मुद्दामा २ करोड ८५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। गत साउन महिनामा विभागले ७१ लाख ३८ हजार २ सय रुपैंयाँ बिगो भराएको थियो। म्यानपावर कम्पनीलाई साउनमा १७ लाख रुपैयाँ जरिवाना तिराएको थियो।

प्रतिक्रिया दिनुहोस्