स्वास्थ्यमन्त्री यादवल भने – ’डेंगुले ६ जनाको मृत्यु, ५ हजार व्यक्ति संक्रमित, डेंगुका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन

काठमाडौं , असोज १ । सरकारले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको बताएका हुन् ।
्उनले भने ‘मृत्युदर अत्यन्त न्युन रहेकाले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने हदमा नरहेको जानकारी दिन चाहन्छु’ ।

उपप्रधानमन्त्री यादवले साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको जिकिर गरे ।

डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको भन्दै उनले लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएको बताए ।

साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको जानकारी आएको उपप्रधानमन्त्री यादवले संसदमा जानकारी गराए ।

केही हप्तायता डेंगु संक्रमणको संख्या निकै तल झरेको र विस्तारै विस्तारै नियन्त्रणतर्फ उन्मुख हुँदै गएको उनले जिकिर गरे । सांसदले यादवको कडा आलोचना पनि गरेका छन् । देशका डेंगुको सक्रमण फैलिएका बेला आफ्ु विदेशमा घुम्न गएको भन्दै आलोचना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्